सोमपालले टी टेन लिग खेल्ने

सोमपालले टी टेन लिग खेल्ने

admin

खेलकुद

एजेन्सी । नेपाली अलराउण्डर सोमपाल कामीले मराठा अरबियन्सबाट टी टेन लिग खेल्ने भएका छन् ।आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्धन गरेको छ ।अनुबन्धन भएसंगै चौथो संस्करणको टी टेन लिगमा सोमपालले खेल्ने पक्का भएको हो ।टी टेन लिग खेल्ने साेमपाल तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी टेन लिगमा खेलिसकेका छन् ।यस्तै कुशल मल्ल समेत टी–टेनमा अनुबन्धन भएका छन् ।उनलाई अबुधाबीले नयाँ सिजनका लागि अनुबन्धन गरेको हो ।पारस अबुधाबी टिमका इमर्जिङ ट्यालेन्ट मेन्टर हुन् । कुशल पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् ।

आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।टी टेन लिगमा डेकन ग्ल्याडीयटर्स, दिल्ली ब्लुज, मराठा अरबियन्स, नर्दन वारियार्स, टिम आबुधाबी, बंगला टाइगर्स, पुने डेभिल्स र कलान्दर्स सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समुहमा विभाजन गरिएको छ ।समुह ‘ए’ मा मराठा अरबियन्स, बंगला टाइगर्स, पुने डेभिल्स र नर्दन वारियार्स रहेका छन् । यस्तै समुह ‘बी’ मा डेकन ग्ल्याडीयटर्स, टिम आबुधाबी, कलान्दर्स र दिल्ली ब्लुज रहेका छन् ।सन्दीप लामिछाने गोल्ड क्याटागोरीमा रहेका छन् ।