लेस्टर र म्यानचेस्टरको रोमाञ्चक बराबरी

लेस्टर र म्यानचेस्टरको रोमाञ्चक बराबरी

admin

खेलकुद

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।लेस्टरले घरेलु मैदानमा भएको खेलमा दुईपटक पछि परेर पनि युनाइटेडलाई बराबरीमा रोक्न सफल भएको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गर्दा घरेलु टोलीका हार्वे बार्नेसले एक गोल फर्काउदा एक गोल उपहार पाएको थियो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली युनाइटेडले खेलको २३औं मिनेटमा रासफोर्डको गोलबाट अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

तर युनाइटेडको त्यो अग्रता लामो समय टिकेन ३१औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा इडिन्सन काभानीको पासमा ब्रुनो फर्नान्डसले गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए ।

यसपटक पनि युनाइटेडको अग्रता लामो समय टिकेन । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । एओजी पेरेजको पासमा जेमी भार्डीको प्रहारलाई रोक्न खोज्दा एक्सेलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।