लण्डन ‘डर्बी’मा आर्सनल र चेल्सी भिड्दै

लण्डन ‘डर्बी’मा आर्सनल र चेल्सी भिड्दै

admin

खेलकुद

एजेन्सी । प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आज (शनिबार) राति चेल्सी र आर्सनल भिड्दैछन् ।रेलिगेशन जोन नजिक रहेको आर्सनल र उपाधि भिडन्तमा पछि परेको चेल्सीलाई लिगमा पुनरागमन गर्न जित आवश्यक छ ।आर्सनलले घरेलु मैदान ईमिरेट्स स्टेडियममा चेल्सीलाई आतिथ्यता प्रदान गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुदैछ ।

तिघ्राको चोट कारण पछिल्ला खेलहरु गुमाईरहेका पियरी ईम्रिक अबुमियाङमा सबैको नजर हुनेछ ।ग्याब्रियल मार्टिनेली समेत चोटका कारण चेल्सीविरुद्ध अनुपस्थित रहदाँ ग्रानिक जाका तीन म्याचको प्रतिबन्धपछि मैदान फर्कदैछन् ।चेल्सीका विङ्गगर हाकिम जियाच समेत ह्यामस्ट्रिङ्गको समस्याबाट निको भईसकेका छैनन । सोही कारण उनी आर्सनलविरुद्धको खेलमा देखिने छैनन् । चोटकै कारण डिफेन्डर बेन चिलवेक र रिस जेम्स मैदान फर्कने सम्भावना कम छ ।

शनिबारनै शीर्ष स्थानको दौडमा रहेका लेस्टर सिटी र म्यान्चेष्टर युनाईटेड भिड्दैछन् । लेस्टरको घरेलु मैदानमा उत्रदै गर्दा दुवै टिम जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी कम गर्ने प्रयासमा हुनेछन् ।

अन्य खेलमा रेलिगेशन जोनमा रहेको फुलहमले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दा तालिकाको बीचमा रहेका एस्टन भिल्ला र क्रिस्टल प्यालेस आमने सामने हुनेछन् ।उपाधि होडमा आफुलाई फर्काउन चाहेको म्यान्चेष्टर सिटीले न्युक्यासललाई आतिथ्यता गर्दा एभर्टन भने सेफिल्ड युनाईटेडको भ्रमणमा निस्कनेछ ।