मेस्सीको प्रभाव

मेस्सीको प्रभाव

admin

खेलकुद

एजेन्सी – रियल भालाडोलिडविरुद्ध ला लिगामा मंगलबार ३–० को जितको नायक बार्सिलोनाका कप्तान रहेका थिए । टोलीको कप्तान समेत रहेका मेस्सीले एक गोल गर्नुका साथै अर्को क्लेमेन्ट लेनग्लेटको गोलमा असिस्ट गरे ।

मार्टिन ब्रेथवेटको गोलमा पनि उनको भूमिका रहेको थियो । यद्दपी मेस्सीले सिजनको सुरुवात सोचे अनुरुप गर्न सकेका छैनन् । त्यसअघि रियल सोसिडाडविरुद्धको खेलमा मेस्सीले उच्च प्रदर्शन गर्दा टोली २–१ ले विजयी भएको थियो ।

फेरि एक पटक क्रिसमसको नजिकमा मेस्सीले टोलीका लागि उपहार दिएका छन् । सिजनको सुरुवात कमजोर हुनका वावजुद मेस्सी अहिले पनि बार्सिलोनाका लागि सबै भन्दा बढी गोल गर्ने र ला लिगामा उत्कृष्ट खेलाडी मध्येका एक हुन् ।

यो सिजन उनले १५ लिग खेलमा ७ गोल गर्नुका साथै ३ असिस्ट गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगमा उनले ३ गोल र २ असिस्ट गरेका थिए । ‘उनी जसरी अवसर सिर्जना गर्छन् त्यसका आधारमा उनी हाम्रो टोलीका महत्वपूर्ण खेलाडी हुन्’, रियल भालाडोलिडविरुद्धको खेलपछि प्रशिक्षक रोनाल्ड कोम्यानले भनेका थिए ।

मध्यसातामा पेड्रि प्रदर्शन पनि उच्च रहेको थियो । मेस्सीसँग उनीबीच उत्कृष्ट तामेल देखिएको छ । ब्याकहिल पासमा पेड्रि र मेस्सीको तालमेल मिल्दा गोल सम्भव भएको थियो ।