एट्लेटिको च्याम्पियन बन्न सक्ने १० कारण

एट्लेटिको च्याम्पियन बन्न सक्ने १० कारण

admin

खेलकुद

एजेन्सी – क्रिसमसअघि शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग अंक बराबरी भएपनि राम्रो गोलअन्तरमा एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा रहेको छ । अझै उसको हातमा दुई खेल बाँकी छ ।

ला लिगाको १५औं चरणको खेल जारी रहँदा एट्लेटिकोले १३ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा रहँदा १५ खेलबाट रियलको पनि ३२ अंक नै छ । अब बाँकी दुई खेलमा जित निकाल्न सके एट्लेटिकोले ६ अंकको स्पष्ट अग्रता लिनेछ ।

यसको अर्थ एट्लेटिको च्याम्पियन बन्ने दौडमा उभिनेछ । सिजनको आधा भन्दा पनि बढी खेल बाँकी रहँदा एट्लेटिको म्याड्रिड च्याम्पियन बन्न सक्ने आधार केलाइएको छ ।

अट्याक एट्लेटिको यो सिजन उत्कृष्ट लयमा रहेको छ । उसले १३ खेल खेल्दा २६ गोल गरेको छ । ५ गोल मात्रै खाएको छ । यसर्थ टोलीको गोल प्रति खेल २ को औसतमा रहेको छ । एट्लेटिकोले विभिन्न खेलाडीबाट गोल निकालिरहेको छ । लुइस सुआरेजको अनुपस्थितिमा अन्य खेलाडीहरुले गोल गरिरहेका छन् ।

बलियो डिफेन्स एट्लेटिकोको यो सिजन डिफेन्स लाइन निकै उत्कृष्ट छ । ला लिगामा गोलरक्षक जान ओब्लाकले १३ खेलमा ५ गोल मात्रै खाएको छ । ओब्लाक ला लिगामा गोलरक्षकलाई प्रदान गरिने जामोरा अवार्ड पाँचौपटक जित्ने ध्यानमा छ । उनलाई डिफेन्सबाट चार खेलाडीले निरन्तर साथ दिइरहेका छन् । उनीहरुको यही डिफेन्सिभ सोलिडिटीले विपक्षीलाई हायलकायल पारिरहेको छ ।